नवलपरासीको ७ वटा पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख

परासी – पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७  रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानीय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख ५६ हजार २०० रुपैयाँको अनुमाति बजेट प्रस्तुत गरेको छ भने सुनवल नगरपालिकाकाले ७६ करोड ३३ लाख ३७ हजार ५०९, बर्दघाट नगरपालिकाकाले ९६ करोड ८६ लाख १ हजार ५७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

यता, पाल्हीनन्दन गाउँपालिकाले पनि ४३ करोड ३७ लाखको अनुमानति बजेट प्रस्तुत गरेको छ भने, सरावल गाउँपालिकाले ५३ करोड ९० लाख, प्रतापपुर गाउँपालिका ६९ करोड ८१ लाख ९६ हजार ०६८ रुपैयाँ र सुस्ता गाउँपालिकाले ६० करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । ७ वटै स्थानीय तहहरुमध्ये बर्दघाट नगरपालिकाको बजेट बढि रहेको छ ।

७ वटै पालिकाहरुले कोरोना रोकथाम, कृषि, स्वास्थ्य, पुर्वाधार विकास र स्वरोजगारका कार्याक्रमहरुलाई बजेटको प्राथमिकतामा राखेका छन् ।

यि ७ वटै पालिकाहरुले आ–आफनो गाउँ÷नगरको निति तथा कार्यक्रमहरु पनि प्रस्तुत गरेका छन् । कोरोनाले प्रभावित क्षेत्रमा विशेष लगानी र सहुलियत दिने गाउँपालिका तथा नगरपालिकाकाहरु निति तथा कार्यक्रममा उल्लेख रहेको सम्बन्धित पालिकाहरुले जानकारी दिएका छन् ।

एक पटक पढ्नुहोस