रुकुम घटनाविरुद्ध बानेश्वर सडक बहस

काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ ।

रुकुममा भएको जातिय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो ।

बहसमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।
जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरु उठ्न नसकेको बताए ।

जातीय विभेदको घटनाहरु बढिरहको उल्लेख गर्दै उनले राजनीतिक आन्दोलन देशमा भएपनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन नसकेको बताए ।  जातीयताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उनको भनाइ छ ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पिडनको एजेण्डा अगाडि बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताए । अब पनि सामाजिक आन्दोलन मार्फत दलित उत्पिडन मुद्धा स्थापित गराउन नसकिए घटनाहरु घटिरहने बताए ।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले बुधबार आदेश दिएको हो ।

एक पटक पढ्नुहोस