प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन

१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो ।

‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा भेटिएको फोटो हाल्नु भएको छ, तर अहिले नै आत्तिनु पर्दैन ।

उनले समूहबाट छुटेर हावाको गतिसँगै सलह किरा प्रदेश १ मा आइपुगेको हुनसक्ने बताए । ‘अहिले देखिएको सलह क्षति गर्ने खालका छैनन्,’ उनले भने, ‘प्रदेशका अन्य क्षेत्रमा पनि छिटफुट रुपमा देखिएको रिपोर्टिङ भएको छ ।’

मन्त्रालयले कृषकलाई सतर्क रहन आग्रह गर्दै किरा भित्रिहाले औषधि छर्कने उनले बताए । ‘बजारमा विषादीको अवस्था र औषधि छर्ने मेसिनको अवस्था के छ भनेर हेर्दैछौं,’ उनले भने, ‘नियमित अवस्था अध्ययन गरिरहेका छौं ।’

एक पटक पढ्नुहोस