काठमाडौं – नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि सहयोग प्रदान गरेको छ ।
संघले विभिन्न व्यक्ति, संघसंस्था एवंम् प्रतिष्ठानहरुबाट सहयोग संकलन गरी ३१,००,००० .(अक्षेरुपी एकतीस लाख) सरकारको राहत कोषका लागि हस्तान्तरण गरेको हो ।
संघका अक्ष्यक्ष मीनमान श्रेष्ठले उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका संघका महासचिव भेषराज लोहनीले जानकारी दिएका छन् ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
