फागुनमा महाधिवेशन गराउने देउवाको बाचा, बाँकी कार्य कोरोनामा निर्भर

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल अघि बढाएको छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी गत ९ चैतबाट महाधिवेशनका गतिविधि स्थगित गरेको थियो ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जन गरी असार तेस्रो साताबाट महाधिवेशन गतिविधि अघि बढाउने प्रस्ताव ल्याएका छन् ।

आइतबार पदाधिकारी बैठकमा उक्त प्रस्तावमाथि पार्टीको निर्वाचन कार्यसमितिका सदस्यलाई राखेर काँग्रेस शीर्ष नेताहरुले ३ घण्टा छलफल चलाएको थिए । कोरोनाको बहानामा संस्थापन पक्षले महाधिवेशन सार्ने रणनीति बुनिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित थियो ।

तर बैठकमा सभापति शेबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन ०७७ फागुन ७ गते नै उद्घाटन गरी सफलतापूर्वक सम्पन्न गर्न चाहेको सुनाए ।

एक पटक पढ्नुहोस