प्रस्तावित निजामती सेवा ऐनप्रति परराष्ट्रका सुब्बाहरुको आपत्ति

१६ असार, काठमाडौं । संसदकोराज्य व्यवस्था सनितिबता पारित गरिएको निजामति सेवा एनको प्रावधानले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको र सुब्बाको पदबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना गरेको भन्दै परराष्ट्र सेवामा कार्यरत नायब सुब्बाहरुले विरोध जनाएका छन् ।

परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा भएको बैठकमा नायब सुब्बाहरुले प्रस्तावित ऐनको पदपूर्ति सम्बन्धी प्रावधान निजामती सेवाका नायब सुब्बा पदका कर्मचारीहरुका लागि विभेदकारी रहेको बताएका हुन् ।

प्रस्तावित ऐनको पदपूर्ति सम्बन्धी प्रावधान हुबहु पारित भएमा परराष्ट्र सेवाका नायब सुब्बाहरु जीवनभर शाखा अधिकृतमा बढुवा हुन नसक्ने अवस्था आउने उनीहरुको ठम्याई छ ।
बैठकपछि कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले जारी गरेको विज्ञप्तीमा प्रस्तावित संघीय निजामती सेवा ऐनको पदपूर्तिलगायतका व्यवस्थामा गरिएको प्रस्तावमा ध्यानाकर्षण भएको जनाउँदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने र सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बा कर्मचारीहरुको भावना विपरीत कर्मचारीहरुको वृत्तिविकास, मनोबल र उत्प्रेरणामा गम्भीर असर पार्ने प्रावधानहरु प्रस्तावित ऐनमा राखिएको उल्लेख छ ।

 

एक पटक पढ्नुहोस