काठमाडौं । कोरोनाको कारण हलमा फिल्म रिलिज अनिश्चित बन्दै गएपछि निर्माता निर्देशक डिजिटल प्लेटफर्भ तिर लोभिन थालेका छन् । यस्तैमा फिल्म ‘चिनी कम रंग कडा’ पनि हलभन्दा पहिले डिजिटल प्लेटफर्भ मार्फत रिलिज हुने भएको छ । फिल्म अमेजनप्राइम भिडियोमार्फत केही समयपछि रिलिज हुन लागेको निर्माण युनिटले जनाएको छ ।
यो प्लेटफममार्फत फिल्म अहिले अमेरिका र बेलायतमा मात्र हेर्न सकिनेछ । नेपालमा पनि केहि समयपछि यो प्रविधिमा रिलिज गर्ने निर्माण युनिटको योजना छ । मानव सुवेदी, सुशिल सिटौला, अनु थापा, रविनजङ्ग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको फिल्मका निर्देशक विवेक घिमिरे हुन् ।
गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्ममा मानव सुवेदीको संगीत रहेको छ । याचोपो रचलिक र लुका मौचेरीको छायाँकन रहेको फिल्म कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । फिल्मको गीत र टिजर भने सार्वजनिक भैसकेको छ । विश्वभरि फैलिरहेको कोरोना महामारीका कारण फिल्म हल बन्द भए । फिल्म हल बन्द भएपछि दर्शकले नयाँ फिल्म हेर्नका लागि डिजिटल सिस्टम नै अपनाउनुपरेको छ । अहिले फिल्मकर्मीले फिल्म डिजिटल प्रविधि अप्नाइरहेका छन् ।
