After header

बझाङ पहिरो : उद्धारको लागि हिँडेको सेना गाडी पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ ।

घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

एक पटक पढ्नुहोस