संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् ।
संयुक्त राष्ट्रका विशेषज्ञका अनुसार पछिल्ला केही वर्षमा जनावर र पंक्षीमार्फत् मानिसमा फैलने रोग लगातार बढिरहेको छ । विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक डिजिज’ भनिन्छ ।
पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रको रिपोर्ट अनुसार प्रोटिनको बढ्दो मागका लागि जनावरलाई मारिँदै छ र यसको नतिजा अन्त्यमा मानिसले नै भोग्नु परिरहेको छ ।