मानव अधिकार आयोगको विज्ञप्ति अन्सारीको अभिव्यक्ति स्वतन्त्रता विरुद्धः गिरी

काठमाडौँ । नेतृ सरिता गिरीले राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई नियन्त्रण गर्न तथा अनुशासित बनाउन उक्त आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्ति प्रति ध्यानाकर्षण भएको जनाएकी छन् । अनसारीले गिरीविरुद्ध शुरु गरिएको कारवाहीको विरोध गर्दै गरेको ट्वीटलाई आधार बनायी आयोगले प्रेस विज्ञप्ति जारी गरेको थियो ।

यसप्रति आपत्ति जनाउँदै गिरीले उक्त विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने भएकाले त्यो अत्यन्तै आपत्तिजनक भएको ठहर गरेकी छिन् । ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र विशेष गरी महिलाहरुलाई मौन राख्न र नियन्त्रित गर्न  अपनाइएको एउटा खास विधिको अंग हो । तसर्थ यो अत्यन्त आपत्तिजनक छ,’ उनले भनेकी छिन् ।

‘मोहना अन्सारीको ट्वीटबारे सत्य यही हो कि समाजवादी पार्टी का केही पदाधिकारीहरुले पार्टीको विधान विपरीत कुनै जाँच बुझ समिति गठन गरी त्यसको प्रतिवेदनको आधारमा मरो पार्टी सदस्यता र  सांसद सदस्यत समाप्त गर्ने कार्य गरेका छन्,’ उनले भनेकी छन्, ‘राजनतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टीको ३२५ केन्द्रिय सदस्य मात्र कसैको  विरुद्ध अनुशासनको कारवाही गर्न सक्ने समर्थ समिति हो । मोहनाजीले निश्चित रुपमा यो कुरा जान्नु र बुझ्नु भएको छ ।’

गिरीले आयोगले विज्ञप्ति जारी खेदजनक रहेको बताउँदै आयोगले सबै सम्बन्धित कानून तथा पक्षको अध्ययन गरी मोहना अन्सारीको बारेमा निकालेको आफ्नो विज्ञप्ति फिर्ता लिन माग गरेकी छन् ।

एक पटक पढ्नुहोस