After header

विकास दुबेसँग ८ घण्टा सोधपुछः भने, ‘इन्काउन्टरको डरले प्रहरीमाथि गोली चलाएँ, मन्दिरमा बसेर असाध्यै रोएँ’

भारतको कानपुर सुटआउटका आरोपी विकास दुबेलाई उज्जैन प्रहरीले युपी एसटीएफको जिम्मा लगाइदिएको छ । विकासमाथि उज्जैनमा कुनै पनि मुद्दा दर्ता गरिएको छैन । एसपी उज्जैन मनोज कुमारले चार्जशीट बनाएर यूपी प्रहरीलाई सुम्पिएका छन् । यद्यपि, मनोज कुमारले विकासमाथि किन मुद्दा दर्ता गरिएन भन्ने प्रश्नको जवाफ भने दिन सकेनन् । उनी प्रश्नको बीचबाटै उठेर गए ।

उनले विकाससँग ८ घण्टासम्म सोधपुछ गरिएको जानकारी भने दिए । के कस्ता कुरा सोधिएको थियो भन्नेबारे प्रहरीले आधिकारिक रुपमा केही पनि जानकारी दिएको छैन ।

यता भारतीय सञ्चार माध्यम दैनिक भास्करले भने स्रोत र रिपोर्टलाई उद्धृत गर्दै विभिन्न जानकारी दिएको छ । स्रोतका अनुसार विकासले गोलीकाण्डअघि आफ्ना सबै साथीलाई हतियारसहित घरमा बोलाएका थिए । उनको घरमा ३० जनाका लागि खाना बनाउन लगाएको पनि जानकारीमा उल्लेख छ ।

प्रहरीको शव जलाउने तयारीमा थिए विकासः स्रोत

स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करले भन्यो, ‘इन्काउन्टरको डरले विकासले आफूलाई पक्राउ गर्न गएको प्रहरीको समूहमाथि गोलीबारी गरेका थिए । विकास दिएको जानकारी अनुसार यदि थप प्रहरी घटनास्थलमा उपस्थित नभएको भए प्रहरीको शव जलाउने तयारीमा विकास थिए, यसका लागि उनले तेल पनि मगाएका थिए ।’

एक पटक पढ्नुहोस