After header

‘व्यवसायीले गाडी बाहिर निकाले हामी चलाउन तयार छौँ’

काठमाडौं । सरकारले छोटो दूरीका सवारीसाधनको सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने बताएको छ ।

लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यस्तै अन्य यातायात व्यवसायीले पनि सवारीसाधन चलाउन चासो देखाएका छैनन् ।

लकडाउनको १०९ दिनपछि सवारीसाधन खुल्दा स्वतस्फूर्त रुपमा निस्किनुपर्ने थियो । तर, त्यसको ठीक विपरित कोही पनि गाडी निकाल्न तयार भएनन् ।

एक पटक पढ्नुहोस