काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)मा चुनावी सरगर्मी तातेको छ ।
उम्मेदार घोषणा हुने र एकले अर्काप्रति कटाक्ष गर्दै खरो रुपमा उत्रन थालेका छन् । पछिल्लो उदाहरण चन्द्र ढकाल प्यानलको उम्मेदारी घोषणा सभामा देखिएको छ ।
एफएनसीसीआईका अध्यक्षका दाबेदार शेखर गोल्छा हालका अर्का उपाध्यक्ष किशोर प्रधानको पक्षमा खुलैरै लबिङ गरिरहेको भन्दै उपाध्यक्ष चन्द्र ढकाल आक्रोशित भएका छन् ।
उनले गोल्छालाई आफूले गरेको सहयोग नभुल्न समेत आग्रह गरे । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधानमा साथ दिएर आफूले गोल्छालाई अध्यक्ष हुन सहयोग गरेको ढकालको तर्क छ । ढकालले आफ्नो नेतृत्वको प्यानलको नै जित हुने दाबी गरेका छन् ।
