काठमाडौँ — आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत छलफलमा सहभागी छन् ।