After header

बनेपा डुवान बारे चासो लिँदै नगर प्रमुख शान्तिरत्न

बनेपा/ काभ्रेको बनेपा नगरपालिका भित्र डुवानको समस्याको समाधानका लागि बनेपा नगरपालिकाको नयाँ नेतृत्व आए सगै चासो लिन थालिएको छ । वर्षैं देखि बनेपा बासीले भोग्दै आएको समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्दै नगर प्रमुख शान्तिरत्न शाक्य,उपप्रमुख, इन्जिनियर र विज्ञ टोलीले स्थलगत अवलोकन गरेका छन् ।

पानी परे सगै बनेपाको पुलबजार, धनेश्वर क्षेत्र जहिले पनि डुवान परेसगै अरनिको राजमार्ग नै बन्द हुने समस्याको समधानका लागि आज बुधबार नगरपालिकाका इन्जिनियर सहित विज्ञ टोलीले बनेपाको पुलबजार लगायत ठाँउमा अवलोकन गरेका छन् ।

अवलोकन सगैं यस भेगमा पानी परे लगतै किन ढुवानको समस्या रहेको भन्दै स्थानिय सग नगर प्रमुख शाक्यले आवश्यक सल्लाह र परामर्श लिएका छन् । स्थानियले यस क्षेत्रमा खोलानालाको व्यवस्थापन राम्रो सग नभएको र खोलामा फोहोर फ्यानुले पनि समस्या आएको बताएका थिए ।

तत्कालको निकासका लागि खोला वरिपरि जम्मा भएको बाटो र फोहोर पछउन स्थानियले प्रमुखलाई आग्रह गरेका थिए । नगर प्रमुख शान्तिरत्न शाक्यले यस खोलाको समस्य चाडै नै हल गर्न नगरपालिका लागि पर्ने बताएका थिए । अब तत्काल खोला खोल्न तिर लाग्ने छौ । यस नगरको समस्याका लागि आफ्नो नगरको टिम जहिले समाधान तिर लाग्ने बताए ।

यहाँ कोडिडोर का कारणले पनि केही समस्या आएकाले यसको चाडै नै निकास दिने तिर नगरपालिका लागि परेको शाक्यले बताए । अहिले वर्खामा खोला वरिपरि डोजर लगाएर खोल्ने र हिउँदमा यसको समस्याको सबै समधान गर्न तिर लाग्ने उनले बताए ।

एक पटक पढ्नुहोस