रोशी/रोशी गाउँपालिकाको ११ औं गाउँपालिका अधिवेशन सम्पन्न गदै अगामी वर्षको बजेज प्रस्तुत गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार रुपैयाको बजेट ल्याएको छ ।
आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ ।
जसमा सडक गुरुयोजना निर्माण, रोशीको गौरव आयोजना, गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न गर्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रवर्धन, इन्टरनेट सेवा विस्तार लगायतका विकास निर्माणका कार्यहरुमा जोड दिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
