After header

२४ घण्टामा १६८ जना कोरोना संक्रमित

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय ६८ जना कोरोना संक्रमित बढेको जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा सोमबार सम्म ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

एक पटक पढ्नुहोस