पाल्पा/
गुल्मीबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ केहीसमय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको वडा न–२ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन वाँकी रहेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी छ ।बस वेलुका करिव ५ वजेतिर दुर्घटनामा परेको हो ।
