After header

इन्टरपोल बैठकमा भाग लिन अमेरिका उड्दै महानिरिक्षकद्धय सिंह र अर्याल

काठमाडौँ– अमेरिकामा हुन गईरहेको इन्टरपोल बैठकमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका प्रस्थान गर्दैछन् ।

अमेरिकामा हुने सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको दुर्व्यसनी सम्बन्धी विषयमा छलफल हुने कार्यक्रममा नेपालबाट महानिरिक्षकद्धय सहभागी रहने छन् । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

एक पटक पढ्नुहोस