After header

नवनिर्मित ईलाका प्रहरी कार्यालय देविटारको भवन समुदघाटन

काभ्रे/ नवनिर्मित ईलाक प्रहरी कार्यालय देविटारको भवन एक कार्यक्रम बिच समुदघाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ईलाका प्रहरी कार्यालय देबिटार भवन बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्रचार्यले उद्धघाटन गरेकी हुन् ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्रचार्य भवन समुदघाटन गदै अब प्रहरीले पालमुनि बसेर जनताको सेवा गर्ने नपर्ने बताईन् । काभ्रेको यस दुर्गम भनेर चिनिएको यस देबिटारमा समेत पक्की भवनबाट जनताको सेवा गर्न प्रहरीले पाएको भन्दै भोलिका दिनमा साचिकै प्रहरी नागरिकको साथी भएर काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यस भेगमा प्रहरीको सुविधा सम्पन्न भवन बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगिहरुलाई धन्यावाद दिए । विशेष गरि भवन निर्माणका लागि जग्गा उपब्लध गराउने ब्यक्तिलाई धन्यावाद दिदै अध्यक्ष जिम्बाले यस भेगमा अब यहाका जनताले शान्ति सुरक्षा पाउनेमा आफु ढुक्क रहेको समेत बताए ।

ईलाका प्रहरी कार्यालय देविटारमा आयोजित कार्यक्रममा महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, प्राविधिक प्र.उ. ईश्वर थापा, महाभारत गा.पा.का प्रमुख प्रशासकिय अधिकृत हरि सिंह बिष्ट, ईलाका प्रशासन कार्यालयका प्रमुख राम प्रसाद शर्मा, वडा नं. ६ का वडा अध्यक्ष रमेश कुमार लुङगेली, वडा नं. ७ का वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, भवन निर्माण व्यवसायी राजु अधिकारी, जग्गा दाता, स्थानीय समाजसेवी, स्थानीय राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानिय बासिन्दाहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईलाका प्रहरी कार्यालय देविटारको लागि जग्गा उपलब्ध गराउने जग्गा दातालाई कदर पत्रद्धारा तथा भवन निर्माण कार्यमा उल्लेखनिय सहयोग गर्ने व्यक्तिलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो । ईलाका प्रहरी कार्यालय देबिटारको मु.अ.कर सहित रु. २ करोड ७१ लाख ७० हजार ८ सय ६० रुपौयाको लागतमा निर्माण भएको हो ।

एक पटक पढ्नुहोस