बनेपा/ इलाका प्रहरी कार्यालय बनेपाले फलाम चोरी गरी कवाडीमा बेच्ने गिरोह पक्राउ गरेको छ । चोरी बढे सगै बनेपा इलाका प्रहरीले विशेष टोलि बनाई चोरको निगानी बढाईए सगै यतिबेला बनेपा प्रहरीले चोरी गदै हिड्ने गिरोह पक्राउ परेका हुन् ।
फलाम चोरी भएको भन्ने सुचनाका आधारमा खोजि गर्दा बनेपा न. पा. ८ स्थितमा ठेलागाडामा सामान राखी जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ११ का कर्मध्वज लामा र नमोबुद्द न.पा. वडा नं. २ का कान्छामान तामाङले चोरी गरेको फलाम कवाडी पसलमा बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिए ।
चोरी गरेर हिड्ने गिरोह सहित चोरीको सामान किन्ने बनेपा न. पा. १० बस्ने कवाडी सामान खरिद गर्ने द्यी कवाडी पसलका संचालक बलबहादुर तामाङ समेत ३ जना पक्राउ गरि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत धुलिखेलबाट ५ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।
