काभ्रे/ काभ्रे जिल्लामा रहेको १३ वटा स्थानिय निकाय अन्र्तगत रोशी गाउँपालिकाले आफ्नो ७ औं स्थापना दिवस हिजो शनिबार एक कार्यक्रम बिच मनाएको छ । २०७२ सालको संविधान अनुसार नेपाल सरकारले ४६० ओटा गाउँपालिका थपेकोमा काभ्रेमा पनि ७ वटा गाउँपालिका थपिएको थियो ।
कार्यक्रमको अवसरमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले स्थापना दिवससँगै आगामी दिनमा संघियताको मूल मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए । संघियताको यो व्यवस्था यहाँ सम्म ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति स्मरण गर्दै सम्मान लामाले यसका लागि स्थानिय सरकार सदैव जनताको हकहितका लागि लागि रहने बताए ।

त्यसै गरी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाले कार्यक्रमको अवसरमा देश र जनताको हितको निम्ति आहुति दिने सहिदप्रति श्रद्धा व्यक्त गर्दै हाल सम्म जनताले चाहेको र सोचेको संघियताको महसुस हाल नभएको र आगामी दिनमा रोशीको जनताको निम्ति कर्मचारी र जनप्रतिनिधिहरु हातेमालो गर्र्दै समृद्ध रोशीको परिकल्पना साकार गर्न सफल हुन सर्कौँ भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रमको अवसरमा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले २००७ साल देखि नै राजनीतिक परिवर्तनको क्रममा आफ्नो शासन गर्ने विधान आफैँ बनाएर जनताको सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथ क्रमशः २०३६, २०४६, २०६२÷०६३ लगायतको विविध आन्दोलनबाट राजनीतिक अधिकारलाई अभ्यास गर्ने क्रममा विभिन्न राजनितिक दलको आन्दोलन भएको त्यसमा सबै राजनीतिक दलको योगदान रहेको र त्यसैको फलस्वरुप संघिय संरचना बनेको बताए ।
त्यसै गरी गाउँपालिकाका प्रवक्ता वसन्त कुमार तामाङले आगामि दिनमा रोशीको स्रोत साधनलाई परिचालन गरी रोशीको पहिचान कायम गर्न जरुरी रहेको बताए । कार्यक्रमा वडा २ को वडा अध्यक्ष हस्तमान लामा, ३ को धनजित लामा, ६ को नारायण बहादुर शिवाकोटी लगायत कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थिायो ।
