After header

विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौ/   नेपाल प्रहरीले लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध गाँजा ७ केजी ९ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका–१४ मयुरधाप बस्ने ३१ वर्षीय राम बहादुर गोलेसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ५६४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । त्यसै गरी कैलाली, टिकापुर नगरपालिका–१ बनगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोही नगरपालिका–३ शंकरपुर बस्ने ३० वर्षीय देबेन्द्र बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानरपालिका–२० राझा चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहागनगरपालिका–१४ बस्ने २६ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएके छ ।
एक पटक पढ्नुहोस