After header

एसइईमा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थी लाई एकमुष्ट ५० हजार

रोशी । काभ्रेको रोसी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने तीन जनालाई एकमुष्ट ५० हजार रुपैयाँ प्रदान गरेको छ।

गाउँपालिकाले शैक्षिक क्षेत्र गुणस्तरमा सुधार ल्याउन पालिकाभित्र सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नम्बर ल्याउने तीन जनालाई चेक हस्तान्तरण गरेको हो।

रोशी गाउँपालिका-६ मा रहेको हरिसिद्धि माविको प्रशान्त तामाङ ३.७० जीपीए र वडा नम्बर ११ को पोक्रा माविका छात्राहरू हिमानी तामाङ र संगीता राय ३.५५ जीपीए ल्याएका तीन जनालाई ५० हजारको चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन् ।

पालिकाभित्र उत्कृष्ट ३ जना विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप पालिकाले ५० हजारको चेक दिएको उनले बताएका छन् । ०७९ को एस ई ई परीक्षामा गाउँपालिका बाट १६ वटा सामुदायिक विद्यालयबाट विद्यार्थीले एसइई परिक्षामा सहभागी भएका थिए।

एक पटक पढ्नुहोस