काठमाण्डौ । लामो समय प्राध्यापन पेशा र लेखन विधामा कलम चलाउनु भएका लेखक प्राध्यापक पेशल आचार्यको निधन भएको छ । ब्रेन ट्युमर साथै क्यानसर रोगबाट पिडित आचार्य लामो समय देखि उपचाररत हुनुहुन्थ्यो । मन्थली मावीका सहायक प्रधानाध्यापक समेत रहनु भएका आचार्यले पछिल्लो समय देशको राजनीतिक तथा समसामयीक र साहित्यको विषयमा समेत चोटिलो खोजमूलक लेखहरू लेख्दै आउनु भएको थियो । लेखक आचार्यको आज उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । सामाजिक राजनीतिक विषयमा सधैं चोटिलो विचार राख्नुहुने आचार्यको उपचारको लागि केही समय अघि देखि आर्थिक सहयोग अभियान समेत जुटाउँदै आएको थियो । वहाँको दुःखद् निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभेच्छुकहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

लेखक तथा प्राध्यापक पेशल आचार्यको निधन
Prev Post
एक पटक पढ्नुहोस