After header

एलओडीका दुईजना कर्मचारी पक्राउ

काठमाडौं/  काठमाडौ स्थित ठमेलमा सञ्चासलन भईरहेको एलओडी (लर्ड अफ ड्रिक्स)बाट दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए । तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् ।

एक पटक पढ्नुहोस