गजल
✍🏻 स्पन्दन विनोद
कसले गरेछ उजुरी तर कालसँग गरेछ
हल्लाको हत्कडीले कानुन सबै बिकेछ
बेग्लै विचार बोकी टाढा गयौ बुझेनौ
हाम्रो लडाइँ केवल सिद्धान्तको रहेछ
जल्दैन लास सित्तै दस्तुर छ दाउराको
कात्रो समेत किन्दा उपहार खोजिएछ
चुपचाप मृत्यु हुन्थ्यो हत्या र आत्महत्या
हल्ला गरेर मर्ने कस्तो चलन चलेछ
बिर्सूँ भनेर ‘स्पन्दन’ सम्भव हुँदैन कहिल्यै
तिम्रो जहानभित्रै यो नाम अघि हुनेछ
#गजल #स्पन्दनविनोद #मुजारे
