After header

पनौती पाँचको धनेश्वर देखि खड्पु चोकसम्मका सडक छेउछाउमा वृक्षारोपण गरियो 

पनौती । 

शनिबार पनौती नगरपालिका वडा न ५ को आयोजनामा वडाको धनेश्वर देखि खड्पु चोक सम्मको सडक किनारमा वृक्षारोपण गरिएको छ । पनौती नगरपालिकाको प्रमुख रामशरण भण्डारी, उप प्रमुख गीता बन्जारा, वडा अध्यक्ष बिनोद खत्री र नगरको कर्मचारी लगायत स्थानीयहरुको उपस्थितिमा धनेस्वर देखि श्रीखण्ड्पुर सम्म सडक छेउछाउ बृक्षरोपण गरिएको छ ।

नगरपालिकाले नगरको सबै क्षेत्रहरूमा ६ हजार विभिन्न बिरुवा हरु वृक्षारोपण गरिने योजना अनुसार शनिबार यहाँ वृक्षारोपण गरिएको मेयर रामशरण भण्डारीले बताए । उनले भने – हामी समुदाय बसोबास गर्ने स्थानहरुमा हरियाली कम भएको अक्सिजन दिने खालको बिरुवा हरु रोप्ने कार्यक्रम रहेको छ । मेयर भण्डारीले भने ।

पनौती नगरपालिका वडा नं ५ को क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रबर्द्धन तथा बिकास गर्न विभिन्न जातका फुल फुल्ने जातका बिरुवाको वृक्षारोपण गरिएको वडा अध्यक्ष बिनोद खत्रीले जानकारी दिए । वडा कार्यालयको आयोजनामा वडाका विकास प्रेमी वडावासीहरु, कर्मचारी, संघ संस्था नागरिक समाज अगुवाहरुले पनौती जाने सडक छेउछाउमा बिरुवा रोपिएको अध्यक्ष खत्रीले बताए । उनले भावी दिनमा पनि यो अभियान निरन्तर चल्ने बताए ।

एक पटक पढ्नुहोस