बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बागलुङको निसीखोला गाउँपालिका ४ बडाचौरका विरु विक र श्रीमती सबिना विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
बिहीबार राती श्रीमान श्रीमतीबीच विवाद हुँदा दुई महिनाको नाबालकलाई खोसाखोसरतानातान गर्ने क्रममा आफ्नै घरभित्र भुँईमा बझारिएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक केसीले बताए । उनले घटनाको जानकारीपछि हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताएका छन् ।
प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षककेसीले बताएका छन् ।
