पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने अन्य ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गा सहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिएका छन् । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-७ की ५० वर्षीया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत अन्दाजी ३२ वर्षीय तानसेन पाल्पाका प्रहरी सहायक हवलदार यमबहादुर गोदार र पोखरा महानगरपालिका-२५ का विनोद तिम्सीना रहेका छन । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप आज बिहान करिब सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो । प्रहरी र स्थानीयबासीले तत्काल घाइतेलाई थप उपचारको लागि मिशन अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिएका छन् ।

पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य
एक पटक पढ्नुहोस