After header

ज्ञानकुञ्जमा बालबालिकाको सम्मान बालबालिकालाई

बनेपा/ शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले ५९ औ बाल दिवस मनाएको छ ।विद्यालयमा आयोजित ५९ औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् ।

कक्षा ५ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा चार सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । ‘‘बाल मैत्री शासन,बाल अधिकारको सम्मान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा चारसम्मका ५ सय भन्दा धेरै बालबालिकालाई पूजा गर्दै बिभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो ।

विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व वोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।

यस बाल दिवसको अवसरमा हामीले ठूलाले सानालाई सम्मान र माया देखाउनु पर्छ भन्ने उदाहरणका रुपमा पनि आज माथिल्लो कक्षाका भाईबहिनीहरुले तल्लो कक्षाका भाईबहिनीलाई सम्मान गरि आजको यस बाल दिवस मनाईएको उनले जानकारी दिए ।
कार्यक्रममा करिब ५ सय जना नानी÷बाबुहरुलाई समान रुपमा पूजा गर्दै उपहार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक÷शिक्षिकाहरुका साथै कक्षा ६ देखि १० का विद्यार्थीहरुले स–साना नानी÷बाबुहरुलाई उपहार प्रदान गरेका थिए । बालदिवसको अवसरमा साना नानी बाबुहरुले कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा तथा अन्य उपहार बाडिएको थियो ।

आयोजित कार्यक्रममा विद्यालय जीवन देखि कला, संस्कृती र सामाजीक कार्यको जर्गेर्नाका साथै व्यावहारीक शिक्षामा पनि सकारात्मक सन्देश गएको कुरा विद्यालयका शिक्षक शिक्षिका आम अभिभावकहरुले बताएका थिए । बाल दिवसको अवसर पारेर सम्मान कार्यक्रममा विद्यालय प्रशासन, अभिभावक लगायतसमेत सम्मान गरेका थिए ।

विगतका बर्षहरुमा जस्तै यो बर्षको सम्मान कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस