After header

बनेपा नगरपालिकाको समिक्षा सम्पन्न

काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाले २०७९÷८० को एक दिने समिक्षा कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको छ । बनेपा नगरपालिका भित्रका सबै वडा अध्यक्ष, कार्यापालिका सदस्य, नगरपालिका भित्रका सबै शाखा प्रमुख एवं कर्मचारी एवं सञ्चारकर्मी बिच एक दिने समिक्षा गरिएको छ ।

धेरै स्थानीय तहले अहिले गर्न नसकेको बिषय नै आत्मसमिक्षा हो । आफूले जे गरिरहेका छांै । त्यो राम्रो गरिरहेका छौ र त्यसलाई सुधार्न कुनै आवश्यकता नै छैन भन्ने ठान्छन अहिलेका स्थानीय तहका जनप्रतिनिधि । तर त्यसको फरक काभ्रेको बनेपा नगरपालिकाले आफूले गरेको कार्य बारे तेश्रो आँखाबाट कस्तो धारणा आउँछ र आएको सुझावको आधारमा आफूलाई कसरी परिमार्जन गर्न सकिन्छ भनेर प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख बिमला सापकोटाको बिचमा एक वर्षमा गरिएको काम, योजना र गर्न पनि बाकी रहेको योजनाका बारेमा शाखा प्रमुखहरुले प्रगति विवरण पेश गरेका थिए ।प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले नेतृत्व गरेसँगै सुधारका कार्यमा नगर अघि बढेको आभाष स्थानीयले गरेका छन् । समिक्षाले नयाँ कार्य गर्ने हौसला बृद्धि हुने भएकाले यसले आगामी बर्षको कार्य गर्न समेत थप बल मिल्ने अपेक्षा गरिएको छ ।

समिक्षा कार्यक्रममा सबै शाखाका प्रमुखले एक बर्षमा गरेको मुख्य कार्यहरुको बारेमा आफ्नो लिखित प्रतिवेदन पेश गरेका थिए । यसले एउटा हौसला र थप कार्य गर्न सक्ने अवस्थाको विस्तार गरेको नगर प्रमुख शाक्यले जानकारी दिए । कमजोरी सबैमा हुने र कमजोरीलाई पत्ता लगाएर निराकरण गर्नका लागि सामुहिक प्रयास आवश्यक भएकाले सबैको साथ र सहयोगबाट संम्भव हुने उनले बताए ।

उपप्रमुख बिमला सापकोटाले समिक्षापछि थप योजना बनाउन संम्भव हुने भएकाले सोही अनुसार कार्यक्रमको आयोजना गरेको बताईन् । सबै वडाका अध्यक्ष तथा सचिवले आफूले एक बर्षमा गरेका कार्यको विवरण समेत सो अवसरमा प्रस्तुत गरेका थिए ।

एक पटक पढ्नुहोस