काभ्रे । काभ्रेको बनेपा साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको थियो ।
पक्राउ परेका व्यक्ति र चाँदीलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
