After header

महोत्सवको तयार सम्पन्न, आज राष्ट्रपति पौडेलले उद्धघाटन गर्ने

काभ्रे । काभ्रे जिल्लाको बनेपामा हुन गईरहेको महोत्सवको तयारी सम्पन्न भएको छ । आज फागुन ४ गते देखि शुरु भई फागुन ७ गते सम्म चल्ने महोत्सवको तयार सम्पन्न भएको र आज दिउसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गरिने भएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्धघाटन गर्न आउने पनि गौतमले जानकारी दिए । संघ तथा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, विभिन्न मुलुकका राजदुत, कृषि क्षेत्रका विज्ञहरु पनि सहभागिता हुने उनको भनाइ छ ।
काभ्रे जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको हो ।

 

कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उदेश्यसमेत रहेको छ ।मुल आयोजक समितिकाअनुसार,एक सयभन्दा बढी स्टल बुकिङ भएका छन् । कृषि प्रविधी, रैथाने बाली, खाद्यान्न, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्रांगारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामाग्रीका स्टल बुकिङ भएका छन् ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।

एक पटक पढ्नुहोस