After header

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूत लगायतको पनि सहभागिता छ ।

विशिष्ट अतिथिहरूमाझ विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको छ ।

एक पटक पढ्नुहोस