काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएईको आगामी कार्याकालका लागि भुवनकुमार वाग्लेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेका छन् । राष्ट्रिय समन्वय परिषद, दुवईको राष्ट्रिय महाधवेशन २४ अगस्त, २०२५ मा आगामी कार्यकाल (२०२५–२०२७) का लागि उनले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषण गरेको जनाएका छन् । वर्तमान महासचिव समेत रहेका वाग्लेले यस पटक हुन गईरहेको निर्वाचनमा आफू अध्यक्ष उठ्ने बताएका छन् ।
प्रभावकारिता, समावेशीता, आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर एनआरएनए निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्धि गर्ने नेतृत्व स्थापना गर्ने संकल्पका साथ आफू अगाडि बढेको उनको भनाई छ । वर्तमान एनआरएनए युएईको महा–सचिव समेत रहेका उनी छोटो समयममा यूएईका नेपाली श्रमीकहरूको समस्यलाई सबै समाधानमा सक्रिय भूमिका निर्वाहा गर्दै आएका छन् ।
उनले आफ्नो अनुभव, लगनशीलता र सेवाभावलाई आधार मानी आगामी कार्यकालमा अध्यक्ष भई अझ सशक्त र प्रभावशाली बनाउन योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूलाई अगामी कार्याकालको अध्यक्ष निर्वाचन गराउन आग्रह गदै उनले यूएईको नेपाली समूदायमा रहेको ठगी, दलाली र सामाजिक विकृति विरूद्ध आवाज उठाउने, पीडित दाजूभाई
दिदिबहिनीको उद्दार राहतको लागि पुरुष र महिला छुट्टाछुट्टै शेल्टर बनाउने, मध्यपूर्वमै पहिलोपटक नेपालीहरूको आफ्नै कम्यूनिटी हल बनाउने, नेपाल फेस्टिभल आयोजना गरि नेपालको पर्यटन अभिवृद्दि तथा नेपाली उत्पादनहरूको यूएई तथा विश्वभरि बजारीकरण, यूएईस्थित नेपाली राजदूतावास र कन्सूलर कार्यालयको सेवा स्मार्ट र श्रमिक मैत्री बनाउन पहल गर्ने र आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर एनआरएनए निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्दि गर्ने लगायतका प्रतिवद्धता गरेका छन् ।
