After header

लागुऔषध ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । लागुऔषध सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरिएको जनाएको छ ।

भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत–२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत–१० का ३५ वर्षीय सरफराज रहेका छन् । उनीहरू ब्राउनसुगर पुर्याउनका लागि विराटनगर आएका थिए ।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा मो सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस