काभ्रे । काभ्रे जिल्लाको पनौती क्षेत्रमा ब्यक्तिको घरमा पानी तान्ने मेसिन चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले पानी तान्ने पम्प तथा मेसिन चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका वडा न. १ बस्ने २२ वर्षीय निरोज विक र सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं २ बस्ने वर्ष १९ वर्षीय सागर बयलकोटी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला काभ्रे पनौती न.पा.९ सुनथान स्थित वडा कार्यालय, वडा नं ९ कै बस्ने नरेश खडका, राजन श्रेष्ठ, वडा नं १ बस्ने कान्छा शौजु र कमल दुलालको घरमा पानी तान्ने मेसिन चोरी भएको खबर पाएपश्चात प्रहरीले खोजी तथा अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
उनका अनुसार, सिसिटीभी फुटेजको आधार उनीहरुलाई प्रहरी चौकी पनौतीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी त्वातीले जानकारी दिए ।
