After header

उच्च अदालत पोखराको नया भवनबाट सेवा सुरु

बागलुङ । उच्च अदालत पोखराको नया भवनबाट सेवा सुरु गरेको छ । करीब ३० महिना देखि जिल्ला अदालतबाट सेवा दिईरहेकोमा बिहिबारबाट अफ्नै भवन बाट सेवा सुरु गरेको छ । भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा प्रवाह गरिरहेको उच्च अदातलले नयाँ भवनबाट सेवा दिन थालेको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर थापाले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहका साथै अभिलेखहरूको संरक्षण गर्न सहज भएको बताए । साढे छ तलाको आपाङ्गमैत्री भवनमा ‘अण्डरग्राउड पार्किङ’सँगै न्यायाधीश आवास निर्माण गरिएको छ । भवन रु ५७ करोडमा बनेको हो ।

एक पटक पढ्नुहोस