काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका २० जनालाई पक्राउ गरेको छ । काभ्रेको विभिन्न ठाउँमा गरेको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका विभिन्न मितिमा आज सम्म २० जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी काभ्रेले जनाएको हो ।
सडक अनुशासन, सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने अभियान स्वरुप तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पनौती काभ्रेपलाञ्चोक,जिल्ला स्वास्थ्य कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा, यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा,काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा शीर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाक प्रहरी कार्यालय बनेपा पठाईएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सुनिल धाजुले जानकारी दिए । स्वास्थ्य कार्यालय धुलिखेल, शीर मेमोरियल अस्पताल बनेपा , बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा अहिले सम्म १ सय १ जनाको चेकजाँच गर्दा आज सम्म २० जनाले लागु औषध सेवन गरी सवारी चलाएको स्वास्थ्थ जाँचपछि उनीहरुलाई नियत्रन्ण लिएको धाजुले जानकानरी दिए ।
यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लापसे (लागू पदार्थ सेवन) चेक गरेको थियो । अहिले सम्म १ सय १ जना चालकको लापसे चेकजाँच गरेकोमा २१ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
चेकजाँचलाई निरन्तरता दिईरहने समेत उनको भनाई थियो । चेकजाचको क्रममा बस चालक, ट्रिपर चालक र सुमो चालक र इभी गाडी चालक समेत रहेको उनले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कार्बाहीका लाई इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको उनको भनाई थियो ।
लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ ।
