After header

सूर्यप्रसादको व्यक्तित्व र कृतित्व समेर्टिको आलोकमय सूर्य लोकर्पण

काभ्रे । साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व समेर्टिको आलोकमय सूर्य नामक वृहत ग्रन्थको गृहविमोचन हालै एक समारोह बीच वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले सो ग्रन्थ लोकर्पण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि हरिराम जोशीले साहित्यकार सूर्य लाकोजूको कर्म उमेरभन्दा तेज गतिले गतिमान रहेको विचार व्यक्त गरे ।

उनले लाकोजूको उज्यालो सबैतिर पुगेको बताए । सो समारोहमा वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईले सूर्यको काम सूर्यजस्तै उज्यालो रहेको विचार पोखे । त्यस्तै आलोकमय सूर्यमाथि बोल्दै प्रमुख वक्ता प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठले साहित्यिक एवम् सांस्कृतिक कृतिले विशिष्ट पहिचान बनाउदै आएका प्रतिभाशाली लाकोजू ज्ञानरश्मि छर्दै आएका आलोकमय सूर्यप्रसाद हुन् ।

सूर्यलाई सबैले नमस्कार गर्छन् भन्दै लाकोजू बुन ग्रन्थ उपयोगी रहने विचार पोखे । अर्का प्रमुख वक्ता डा. ज्ञानु अधिकारीले सूर्यप्रसाद लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, शिक्षा, समाजसेवा र संस्कृतिका आलोक हुन् । आलोकमय सूर्य नामक वृहत ग्रन्थ उहाँको अक्षरकर्मको प्रतिफल भएको विचार व्यक्त गरे । त्यस्तै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सूर्य लाकोजू कर्मले पाको र वरिष्ठ भएको विचार पोखे ।

त्यस्तै ग्रन्थनायक सूर्यप्रसाद लाकोजूले आफूले अक्षरकर्म गर्दा कहिल्यै कुनै कुराको आशा नगरेको तर सत्कर्मको फल राम्रै हुने विश्वासले मूर्त रुप लिएको बताए । कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी, वरिष्ठ साहित्यकारहरु मोहन दुवाल, वियोगी बुढाथोकी, ज्ञाननिष्ठ ज्ञवाली तथा ग्रन्थसम्पादक द्वय भीमप्रसाद काफ्ले र रामसुन्दर देउजा, समीर खड्का, प्रभा कर्माचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सूर्योदय भूतपूर्व बिद्यार्थी समाजले आयोजना गरेको सो समारोहमा सूर्य लाकोजूलाई अभिनन्दन समेत गरिएको थियो । आलोकमय सूर्य नामक ग्रन्थ साहित्यकार सूर्य लाकोजूको व्यक्तित्व र कृतित्वमाथि केन्द्रित रहेको छ । यस ग्रन्थमा शब्दचित्रमा सूर्यप्रसाद लाकोजू स्मरणीय सूर्यप्रसाद लाकोजू, कविताको आलोकमा सूर्यप्रसाद लाकोजू, मुक्तकमा सजिएका सूर्य लाकोजू, गीतको लयमा रमाउँदै कवि सूर्यप्रसाद लाकोजू, हाइकुमा गुराँस फुलाउँदै हाइकुकार सूर्य, बालसाहित्यमा रमाएका सूर्यप्रसाद

लाकोजू, सांस्कृतिक आलोक सूर्यप्रसाद लाकोजू, नियात्राभित्रका सूर्य, स्मृतिको आँखीˇयालबाट सूर्यप्रसाद लाकोजू, कथाभित्रका सूर्यप्रसाद लाकोजू, कविहृदयमा सूर्यप्रसाद लाकोजू, पत्रकारिता÷साहित्यिक पत्रकारितामा सूर्यप्रसाद लाकोजू, सूर्यप्रसाद लाकोजूका केही साहित्यवार्ताहरू गरी जम्मा चौध खण्ड रहेका छन् ।

सो वृहत ग्रन्थ साहित्यकार भीमप्रसाद काफ्ले र साहित्यकार रामसुन्दर देउजाले सम्पादन गरेका हुन् । यो आलोकमय सूर्य ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।

एक पटक पढ्नुहोस