After header

एबीएम स्कुलको स्वागत र बिदाई सम्पन्न

काभ्रे । काभ्रे जिल्लाकै नमुना विद्यालयमा परिचित आदर्श विद्या मन्दिर (एबीएम) स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उर्तिण विद्यार्थीलाई एक कार्यक्रमको बिच भव्य विदाई गरेको छ । नेपाली भाषा विज्ञ, बरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यता तथा प्राध्यापक भोजराज तिमल्सिनाको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञावालीले ज्ञावालीले समयको र परिवर्तित शिक्षामा विशेष ध्यान दिन सुझाव दिए । उनले विद्यार्थीहरुले कस्तो शिक्षा चाहान्छन् त्यो अनुसार र अहिलेको परिवेससँगै सूचना प्रविधि क्षेत्रमा आएको परिवर्तनका कारण विद्यार्थीहरुमा पढ्ने वानीको विकास हराउदै गएकाले त्यस तर्फ अभिभावक र शिक्षकहरुले सोच्नु पर्ने बेला आएको समेत उनको भनाई थियो ।

कार्यक्रममा विद्यालयका बारेमा प्रिन्सिपल राम प्रसाद तिमल्सिनाले विद्यालयको भौतिक प्रगति, शैक्षिक प्रगति, विद्यार्थी संख्या र हालसम्म भएको उपलब्धिको बारेमा जानकारी गराएका थिए । सो अवसरमा कक्षा ११ मा १ सय ७२ जना भर्ना भएका छन् भने कक्षा १२ मा १ सय १८ जनामा १ सय १२ जना उत्र्तिण हुन सफल भएका थिए । स्थापनामा ३० जना विद्यार्थीबाट कक्षा शुरु गरिएको कक्षा ११ मा अहिले ११ सय भन्दा बढीले उत्र्तिण भइसकेका तिमल्सिनाले जानकारी गराएका थिए ।

विद्यालयमा पर्याप्त खेलकुद मैदान, फुटसल ग्राउन्ड, आफ्नै भवन, विद्यालयले आई एसो प्राप्त गरी शिक्षामा गुणस्तर लगाएत विविध विधामा उत्कृष्ट रहेको तिमल्सिनाले दावी गरेका थिए । कार्यक्रममा आर्दश बहुमुखी क्याम्पसका प्रमुख तिर्थराज दाहाल, आई एस ओ का अन्तराष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल लगायतले विद्यालयको बारेमा चर्चापरिचर्चा गदै आगामी दिनमा अझै उन्नती र प्रगतिका लागि शुभकामना दिएका थिए । सोही क्रममा सयौं विद्यार्थी, अभिभावक, साहित्यकार, संचारकर्मीको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस