काठमाडौं । प्रहरीले सक्कली जस्तै देखिने नक्कली हतियार सहित एक जनालाई पक्राउ गरेको छ । सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहिबार दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौ तलामा सन्चालित द टोय स्टोरमा खानतलासी गरी सक्कलीजस्तै देखिने नक्कली हतियारहरु बरामद गरेको हो ।
धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त सामान भेटिएको हो । खानतलासी गर्दा अवरोध गर्न खोजेको भन्दै प्रहरीले काभ्रेको रोशी गाउँपालिका ३ घर भई काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई समेत नियन्त्रणमा लिएको छ । उनीमाथि अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुन्धारास्थित सिभिल मलको पाँचौ तलामा सक्कली जस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट प्रहरी खटिएको थियो ।
