काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरी रहेको श्री दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिंह घटालले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा पुस्कार कोषको स्थापना गरेका छन् । सानो रकमले पनि विद्यालयमा केही राहत र नयापनको सुरुवात सगै विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थी पुरस्कार, प्रोत्साहन होस् भन्ने उदेश्यले उक्त कार्य सुवात गरेको जनाईएको छ ।
आफ्नो जन्म दिनको अवसरमा पारेर प्रधानाध्यापक घटालले छात्रवृत्ति कोषको उद्घाटन गर्दै उक्त कोषमा रू. ५,५५५÷– (अक्षेरिपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) आर्थिक सहयोग गरी आफ्नो जन्मदिन फरक तरिकाले मनाएको उनले बताए । भोलिका दिनमा पनि सबैले यसरी नै आफ्नो जन्म दिनको अवसरमा यस कोषमा सकेको सहयोग गरेर यस विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थी पुरस्कार, प्रोत्साहन कोषमा केही सहयोग होस् र त्यही रकमले विद्यालयमा पढ्ने
भाईबहिनीलाई सहयोग गर्ने उदेश्यले यस कोषको श्री दाप्चा माविमा नयाँ कामको सुरुवात गरेको उनको भनाई थियो ।
’यो सहयोग सानो रकम हो तर यसले समाजमा ठूलो सन्देश जानेछ । आफूसँग धेरै पैसा भएर सहयोग गरेको नभई विद्यार्थीहरूको आर्थिक अवस्था देखेर यसरी सहयोग गरी नयाँ कामको सुरुवात नगरी मेरो मनले मानेन उनले भने । ’अरूले पनि यसरी सबैलाई खाजा खुवाउनैपर्छ भन्ने बाध्यता होइन ।
तर आफ्नो वा आफ्ना नानीबाबु, आफन्तको जन्मदिन वा कुनै महत्त्वपूर्ण दिन वा अरू समयमा पनि उक्त कोषमा सक्दो सहयोग गरी यस्ता गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सक्दो सहयोग पुगोस् भन्ने उदेश्यले आफुले यस कार्यको सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिंह घटालले जानकारी दिए ।
सहयोगी हातहरू र दाताहरूले आर्थिक तथा जिन्सी सामग्री सहयोग गर्न चाहानेहरुलाई यस विद्यालयमा सम्र्पक गर्न समेत उनले आग्रह गरेका छन् । यस कोषको संरक्षक आफु रहेको र कोषध्यक्ष एवं आर्थिक संयोजक अमित अधिकारीलाई जिम्बा दिएको समेत उनले जानकारी दिए । उनले लोकेन्द्र सिंह घटाल (प्रधानाध्यापक÷संरक्षक) ९८४८७५१०६५, अमित अधिकारी (कोषाध्यक्ष÷आर्थिक संयोजक) ९८४३५६७५३८ मा सम्र्पक गरी सहयोग गर्न सक्ने बताए ।
साथै, प्रधानाध्यापक घटालले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका केही विपन्न, जेहेन्दार विद्यार्थीहरूलाई झोला, पेन्सिल, सार्पनर, इरेजर लगायत स्टेसनरी सामग्री, फूलहरू रोप्नको लागि विद्यालयलाई ४ वटा गमला सहयोग गरेका थिए । उनले आफ्नो जन्म दिनमा बालकक्षादेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू र शिक्षक, स्टाफलाई खाजा खुवाएर आफ्नो जन्मदिन मनाएका थिए ।