After header

नेपाल यातायात राष्ट्रिय महासंघको उपाध्यक्षमा आत्मारामको उम्मेदवारी ( उपाध्यक्ष पदमा किन उम्मेदवारी हेर्नुहोस् )

पोखरा । विगत लामो समयदेखि यातायात क्षेत्रको विभिन्न पदमा रहेर काम गरेको काभ्रेका समाजसेवी एवं व्यवसायी आत्माराम थापाले नेपाल यातायात राष्ट्रिय महासंघको केन्द्रिय उपाध्यक्षमा पदका लागि उम्मेदवारी दिएका छन् । समृद्ध यातायात र सुरक्षित लगानीका लागि मलाई मतदान भन्ने मूलनारा सहित थापा निर्वाचनमा होमिएका छन् ।

पोखरामा जारी सातौ राष्ट्रिय भेलामा आज हुन गईरहेको निर्वाचनमा आफुले यस क्षेत्रमा रहेर भोगेका र बुझेका समस्याहरूलाई समाधानको तहसम्म पु¥याउने प्रतिवद्धता सहित आफुले यातायात क्षेत्रमा सुधारका लागि आफूले उपाध्यक्षको पदमा उम्मेदवारी दिएको बताएका छन् ।

उपाध्यक्षका उम्मेदवार थापाले आफूलाई किन मतदान गर्ने भन्दा . यातायात क्षेत्रको सुधार, व्यवसायीको हकहित नै हाम्रो आधार, व्यवसायीको भावना बुझ्ने, समस्यामा साथ दिने, सक्षम नेतृत्व, सुरक्षित लगानी र मर्यादित यातायातका लागि आफ्नो प्रतिवद्धता, यातायात क्षेत्रमा रहेका नीतिगत जटिलता हटाउन र व्यवसायीको लगानी सुरक्षित गर्न र झन्झटिलो कानूनी प्रक्रिया र अव्यवस्थित यातायात प्रणालीको अन्त्यका लागि मेरो संकल्प सहित आफूले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिएका जनाएका छन् । उनले आज हुन गईरहेको निर्वाचनमा आफूलाई मतदान गरी सहयोग गर्न समेत अपिल गरेका छन् ।

एक पटक पढ्नुहोस