After header

सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने मध्याह्न १ बजे प्रतिनिधिसभाको बैठक

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने मध्याह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

एक पटक पढ्नुहोस