After header

रास्वपा काभ्रेको सभापतिमा प्रविन ढकाल

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेको जिल्ला सभापतिमा प्रविन ढकाल सर्वसम्मत सभापतिमा चयन भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले ढकाललाई जिल्ला सभापति सर्वसम्मत चयन गरेको थियो ।यसैगरी उप–सभापतिमा पुण्यमाता घिमिरिे सर्वसम्मत चयन भएकोमा अन्य पद सचिव, सचिव एवं जिल्ला कार्यसमिति सदस्य पदमा भने निर्वाचन भएको थियो । निर्वाचनबाट सचिवमा जी.एन सापकोटा, सहसचिवमा प्रकाश तिमल्सिना निर्वाचित भएका छन् ।

यसैगरी जिल्ला सदस्यमा नवराज बोलखे,सरिता केसी, सुशिला खत्री, साजन श्रेष्ठ,विकाल तोलाङ्गे,नगेद्र डोटेल, जेन कुमार लामा, तारा बहादुर कुँवर र ङेमा लामा निर्वाचित भएका छन् । सभापतिमा चयन भएपछि ढकालले पार्टीलाई जिल्लाभर अझ सक्रिय, व्यवस्थित र जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले रास्वपाले उठाउँदै आएका सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकका आधारभूत सरोकारका विषयलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न आफू र आफ्नो टिमले निरन्तर काम गर्ने बताए ।प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीले जिल्लामा प्रथम अधिवेशनको उद्धघाटन गरेका थिए । अधिवेशनको उद्घाटन गदैं पराजुलिले जिल्ला नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला सभापतिसहित पदाधिकारी र कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेर रास्वपालाई जिल्लामा मजबुत पार्टी बनाउनुपर्ने उनको भनाई थियो । पार्टी र सङ्गठन बलियो बनाउनका लागि नेतृत्व सर्वसम्मत चयन गरेमा सहयोग पुग्ने उनको भनाई थियो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका सांसद बदन भण्डारीले पनि सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको विश्वास जोगाउने गरी इमान्दार, जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न आग्रह गरे । धुलिखेलमा सम्पन्न कार्यक्रममा पार्टीका नगर सभापति, वडा अध्यक्ष एवं जिल्ला प्रतिनिधि लगायत शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस