After header

धूमपानले जन्मने बच्चामा पर्न सक्ने गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः

१. बच्चा कम तौलको जन्मने तथा खेर जाने,

२. शारीरिक र मानसिक विकासमा अवरोध,

३. बच्चालाई क्यान्सर हुने बढी सम्भावना,

४. भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने,

५. जन्मेदेखि नै स्वासप्रस्वास सम्बन्धी रोग लाग्न सक्ने,

६. बच्चाको मृत्युसमेत हुन सक्ने,

७. प्रजनन क्षमतामा कमी आउने,

८. पाठेघरबाहिर गर्भ रहने,

९. शिशु जन्मेको सात दिन भित्रै मर्न सक्ने,

१०. गर्भको बच्चाको मुटुको धड्कन बढ्ने,

११. महिना पुग्नुअघि नै बच्चा जन्मने,

१२. गर्भमा रहेका बच्चाको विकास क्रममा अवरोध आउने,

१३. बच्चा सुस्तमनस्थितिको हुने,

१४. बच्चाको उचाइ कम हुने ।

एक पटक पढ्नुहोस