After header

छाया श्रममन्त्री संग्रौलाद्वारा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा गठित छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यस्तो कठिन परिस्थितीमा घर फर्किन खोज्दा पनि सरकार ढिलासुस्ती र कमिसनको खेलमा रुमल्लिदा श्रमिकहरु समस्यामा परेको भन्दै संग्रौलाले प्रधानमन्त्रीको सचिवालयमार्फत ओलीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।

कोरोनाको कारण रोजगारी गुमाएर स्वदेश फर्काइको पखाईमा रहेका थुप्रै नेपालीहरु अहिले पनि विदेशमा अलपत्र र अप्ठ्यारो परिस्थितिमा रहेको उनको भनाइ छ ।

एक पटक पढ्नुहोस