यसकारण नरोज्नुहोस् ‘प्लान बी’

म आफ्नो सफलताबारे बोल्न यहाँ उपस्थित छु । तपाईसँग मेरा संघर्ष सुनाउँदैछु । कलेज पढ्दाको समयको म दैनिक ५ घण्टा व्यवयाम गर्थें । ती दिनमा शारीरिक सुगठनमा पैसा थिएन, त्यसैले म डाइट जुटाउनका लागि पैसा कमाउन कन्स्ट्रक्सनको काममा खटिन्थे । दिउँसोभर काम गरेपछि म राती ८ बजेदेखि १२ बजेसम्म म अभिनयको क्लास लिन्थें, साताको चारदिनसम्म  ।

त्यहाँ एक मिनेट पनि थिएन, मैले खेर फालेको समय । यसरी नै मैले आफ्नो समय म्यानेज गरें, अनि लण्डनमा गएर मैले मिस्टर युनिभर्सको उपाधि जितें, कान्छो मिस्टर युनिभर्स बन्ने सपना पूरा गरेँ ।

म सफल भएँ किनकि मसँग लक्ष्य थियो । यदी तपाईसँग कहाँ जाँदैछु भन्ने भिजन छैन र लक्ष्य छैन भने तपाई यताउता हल्लिइराख्नुहुन्छ, तर कहिल्यै सोचेको ठाउँमा पुग्नुहुन्न ।

७४ प्रतिशतले अमेरिकामा आफ्नो जागिर मन पराउँदैनन्, अधिकांश मानिस जे गर्दैछन्, त्यस्तो गर्नै चाहन्नन् । किनकि उनीहरुले खास लक्ष्य बनाएर त्यसलाई पछ्याएर त्यो काम पाएका होइनन्, उनीहरु घुमिरहँदा कतै जागिर खुलेको थियो र उनीहरुले त्यो जागिर पाए ।

जब तपाई यसरी काम गर्नुहुन्छ, तब यो काम बन्छ, मनोरञ्जन होइन । त्यसैले तपाई देख्नुहुन्छ एक चौथाईले मात्रै त्यो काममा मनोरञ्जन गरेका छन्, जे उनीहरु गर्दैछन् ।

जब म निरन्तर जिममा खटिइरहेको हुन्थें , त्यतिबेला मानिसहरु सोध्थे– ‘किन यति कडा मेहनत गर्दैछौ ।  ६ घण्टासम्म जिम गरेपछि पनि तिम्रो अनुहारमा सधैं खुसी छ ।’ म मानिसहरुलाई भन्थें, ‘मेरो हकमा यो मेहनत होइन, लक्ष्यतर्फको निशाना हो ।’

मेरो अगाडि मिस्टर युनिभर्स टाइटल थियो, त्यसैले म हरेक सेकेन्ड यसैलाई यर्थाथमा बदल्नका  लागिरहेको हुन्थें । त्यसैले म ५ सय पाउन्ड तौलको स्क्वायट उठाउन वा बेन्च प्रेस उठाउन धेरै धैर्य गर्न सक्दिन थिए, म यसपछि २ हजारपटक सिटअप गर्न र त्यसपछि फेरि अभ्यास गर्नका लागि कुर्न सक्दिन थिए ।

त्यसैले म तपाईलाई भन्छु, आफ्नो लक्ष्यलाई दृश्यमा उतार्न र त्यसैको पछाडि दौडन मज्जा आउँछ । तपाईसँग जीवनमा के गर्दैछु भनेर स्पष्ट योजना हुन जरुरी छ ।

जब मैले बक्सर महोमद्द अलीलाई पहिलोपटक जिमखानामा भेटेको थिएँ, तब उनले सिट–अप गरेको देखेर सोधेको थिएँ, ‘तिमी कतिपटक सिट–अप गर्छौ ?’

म त्यतिबेलासम्म गन्न सूरु गर्दिंँन, जबसम्म मेरो शरीर दुख्दैन,’ उनले भनेका थिए । यो कडा मेहनत हो । जबसम्म तपाईले कडा मेहनत गर्नुहुन्न, तबसम्म तपाई को हो ? भन्ने कुराले कुनै अर्थ राख्दैन  । यहाँ कुनै जादुको चक्की छैन, कुनै जादु छैन । तपाईले काम गर्नुपर्छ, निरन्तर ।

मानिसहरुले ४५ मिनेट जिम जान वा शारीरिक र मानिसक सुधारका लागि दैनिक ४५ मिनेट खर्चने समय छैन भनेको सुुन्दा म छक पर्छु । कल्पना गर्नुस्, तपाई एक घण्टा इतिहास पढ्नुहुन्छ, दिनमा । वर्षमा ३ सय ६५ घण्टामा तपाईले कति पढिसक्नुहुन्छ ? कल्पना गर्नुस् तपाईले कम्पोजर र संगीतकारबारे इतिहास पढ्नुहुन्छ । तपाईले कति धेरै जानकारी हासिल गर्नुहुन्छ होला ।

कल्पना गर्नुस् तपाईले कुनै विजनेशबारे पढ्नुहुन्छ वा त्यस्तो विजनेश जसको तपाई विकास गर्न चाहनुहुन्छ । हरेक दिन एक घण्टा । कल्पना गर्नुस् तपाई कति धेरै टाढासम्म पुग्न सक्नुहुन्छ ।

त्यसैले मानिसले समय छैन भन्नुपर्दैन, यहाँ सधैं दिनमा २४ घण्टा छ । हामी ६ घण्टा सुत्छौं भने  १८ घण्टा बच्छ । यदी आठघण्टा सुत्न मन छ भने छिटो सुत्नुस् ।

हामीले यस अवधिमा झन्डै ८ देखि १० घण्टासम्म काम गर्छौं । १० घण्टा काम गरेपनि ८ घण्टा बच्छ ।, तपाई एक घण्टा घुम्नुहुन्छ वा दुई घण्टा । यति हुँदा पनि ६ घण्टा बच्छ ।

यो ६ घण्टामा तपाई के गर्नुहुन्छ । ठिक छ, खानुहुन्छ, मानिससँग कुराकानी गर्नुहुन्छ । तर यदी राम्रोसँग व्यवस्थित गरिकाले गर्नुभयो भने तपाईले देख्नुहुन्छ कति धेरै समय बचेको छ ।

तपाईले त्यसैले कडा मेहनत गर्नुपर्छ । मलाई ‘प्लान बी’ मन पर्दैन । र म भन्छु, ‘हामीलाई धेरै मानिसले भन्छन् कि आँटेको गर्न असम्भव छ । तपाईको वरपर नकारात्मक सोचका मानिस हुनु अस्वभाविक होइन । तर जब तपाई आफैं दुविधामा पर्नुहुन्छ, तब त्यो धेरै खतरनाक हुन्छ ।’

जब तपाईसँग ‘प्लान बी’ हुन्छ त्यतिबेला तपाईले भन्न सक्नुहुन्छ कि मेरो योजनाले काम गरेन भने मसँग अर्को योजना छ । यसको अर्थ तपाई धेरै अवस्थामा अर्को योजनाबारे सोच्नुहुन्छ । तपाईले आफ्नो ऊर्जा र विचारलाई ‘प्लान ए’सँगै ‘प्लान बी’मा पनि बाँड्नुहुन्छ । तर, यो पनि विचार गर्न जरुरी छ कि हामी त्यतिबेला मात्रै राम्रो काम गर्छौं, जतिबेला हामीसँग सुरक्षाकवच हुँदैन । ‘प्लान बी’ सुरक्षाकवच हो । त्यसैले मलाई यो मन पर्दैन ।

यसले भनिरहेको हुन्छ यदी म असफल भएँ भने मलाई फेरि अर्को कुराले जोगाउनेछ  । यो राम्रो होइन । म फेरि भन्दैछ, मानिसले त्यतिबेला राम्रो गर्छ जतिबेला सुरक्षाकवच हुँदैन ।

मानिसले खेलकुद वा अन्य क्षेत्रमा त्यतिबेला राम्रो गर्नसक्छ, जब उसँग ‘प्लान बी’ हुँदैन । म भन्दैछु मसँग कहिल्यै ‘प्लान बी’ थिएन । मसँग पूरा प्रतिवद्धता थियो कि म बडिबिल्डिङ च्याम्पियन बन्नेछु ।

मसँग पूरा प्रतिवद्धता थियो कि म अमेरिका पुग्नेछ, मसँग पूरा प्रतिवद्धता थियो कि म मनोरञ्जन क्षेत्रमा लाग्नेछु । मसँग पूरा विश्वास थियो कि म नेतृत्व गर्ने व्यक्ति हुनेछ, चाहे जेसकुकै होस् म काम गर्न छाड्दिँन ।  म काम गरेको गरेकै हुनेछु,  जबसम्म मैले लक्ष्य भेट्टाउँदिन ।

राजनीतिमा पनि यस्तै भयो, मैले कहिल्यै ‘प्लान बी’ सोचिँन ।  ‘प्लान बी’ले तपाईलाई सफल बनाउने बाटो रोकिरहेको हुन्छ । मानिस किन  ‘प्लान बी’मा लाग्छ भने उसलाई असफल हुने डर हुन्छ, यदी म असफल भएँ भने के हुन्छ ? मसँग अरु केही छैन । म तपाईलाईं भन्छु, असफल हुन्छु भनेर डर नमान्नुस् । किनकि असफल हुनुमा केही गलत छैन । तपाईले भ¥याङ चढ्नका लागि लड्नैपर्छ, यहाँ त्यस्तो कोही छै जो कहिल्यै नलडेको होस् ।

माइकल जोर्डनलाई एकपटक सोधिएको थियो, ‘तपाई अविश्वसनीय हुनुहुन्छ, तपाई बास्केटल दुनियाँकै सर्वाधिक सफल खेलाडी हुनुहुन्छ । कसरी यस्तो सम्भव भयो ?’

उनको जवाफ थियो, ‘तपाईले केवल सफलता औंल्याउनुभयो । तर मलाई बास्केटबलमा महान बन्नका लागि असफलताले ठूलो सहयोग गरेको छ, मैले एनबिए गेम्समा ९ हजार पटक सट मिस गरेको छु ।’

उनले यस खेलमा सर्वाधिक सफल हुने क्रममा ९ हजार पटक प्रहार गरेका सट मिस भएको रहेछ । तर, के त्यसले उनलाई असफल बनायो ? अहँ ! उनी बास्केटबल इतिहासकै सर्वाधिक महान् खेलाडी हुन् ।

हामी सबै लड्छौैं, यो ठिक छ । के ठिक छौं भने तपाई लडेपछि उठ्न सक्नुहुन्न । जो सधैं लड्छ त्यो पराजित हो । विजेताहरु लडेर उठ्छन् ।

लड्नुस् र उठ्नुस् !

लड्नुस् र उठ्नुस् !!

मैले बडिबिल्डिङका धेरै प्रतियोगिता हारें, भारोत्तोलनका धेरै प्रतियोगिता हारें, मैले पावर लिफ्टिङका प्रतियोगिता हारें, मेरा धेरै फिल्म असफल भए, कति फिल्मले निकै खराब रिभ्यु पाए ।

राजनीतिमा मलाई अझै पनि याद छ, क्यालिर्फोनियामा मेरो अप्रुभल रेटिङ २८ प्रतिशतमा झरेको थियो, मेरो पक्षमा जनता थिएनन् ।
तर मैले फेरि गर्भनर जितें ।

हामी सबैले हार्छौं, हार्ने चिन्ता नगर्नुस् । यदी हार्ने चिन्ता गर्नुभयो भनेर तपाई आराम महसुस गर्न सक्नुहुन्न, बेचैन बन्नुहुन्छ । चाहे बक्सिङमा होस् वा तपाईको जागिरमा तपाई त्यतिबेलामात्रै सफल बन्न सक्नुहुन्छ, जतिबेला तपाई आराम महसुस गर्नुहुन्छ । आराम हुनुहोस् ।

(सन् २०१८ मा आर्नोल्डले दिएको मोटिभेसनल स्पिकिङको नेपाली अनुवाद ।)

एक पटक पढ्नुहोस